तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ क्षेत्र नं. ३ मा रास्वपाका पाण्डेको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले ९ हजार २३ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।

यसैगरी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ५ हजार ३ सय ८७ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ । यस्तै नेपाली काँग्रेसका रमेश अर्यालले ३  हजार २ सय १६, नेकपा एमालेका रामेश्वर फुयाँलले १ हजार ५ सय ८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दरराम बोहाेराले ३ सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चमिला भट्टराइले जानकारी दिनुभयो ।

मतगणना जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button