तेह्रथुममा एमालेका ढकालको अग्रता कायमै

तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राख्नुभएको छ । ढकालले २ हजार ५ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले २ हजार ५३९ मत प्राप्त गरी एमालेका उम्मेदवार ढकाललाई पछ्याई रहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार १५४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १ हजार ३५१ मत र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २३२ मत प्राप्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्