तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही–२: रास्वपाका सुलभ खरेलकाे अग्रता

रुपन्देही। रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतगणनाको सुरुवातमै फराकिलो अग्रता लिएको छ।

तिलोत्तमा–१ को मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले २७७१ मत प्राप्त गरेका छन भने एमालेका उपाध्यक्ष विष्णु पौडेलले ६०९ मत पाउँदा नेपाली कांग्रेसका चुन्न पौडेल ले ३०५ मत प्राप्त गरेका छन्।

प्रारम्भिक परिणाम सार्वजनिक भएसँगै खरेलले प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेख्य मतान्तरले पछि पारेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button