तपाईँ सुन्दै हुनुहुन्छः

 बाँकेका तीन वटै निर्वाचन क्षेत्रको मतगणना सुरु

नेपालगञ्ज । बाँकेका तीन वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिकाको कार्यालय अगैयामा गणना सुरु भएको छ ।

बाँके क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास विकास समितिको कार्यालय खजुरामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भए अनुसार राती १२ बजेदेखि मतगणना थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button