रुपन्देही-२ को मतगणना सुरु

रुपन्देही। रुपन्देही क्षेत्र न-२ को मतगणना सुरु भएको छ ।
तिलोत्तमा नगरपालिकाको वडा न-१ बाट गणना थालिएको छ । सर्वदलीय समझदारीअनुसार वडागत रुपमा गणना गर्ने समझदारीबाट तिलोत्तमा १ सकेर बुटवल १ र त्यसपछि सैनामैना १ गरी गणना गरिने भएको हो ।
यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली काँग्रेसबाट उद्योगी चुन्नप्रसाद पौडेलको मुख्य प्रतिस्पर्धा रहेको छ । क्षेत्र नम्बर २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ७१५ मत खसेको छ।
बुटवल उपमहानगरका १ देखि १३ सम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा गरी २३ वटा वडा यो क्षेत्रमा रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्