देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीका अनुसार देशभरिका १० हजार ९ सय ६७ मतदान स्थलहरूमा उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।
यद्यपि ढिला सुरु भएका केही स्थान र ५ बजे सम्म लाममा बसेका मतदातालाई भने मतदान गर्न दिइने सहायक प्रवक्ता जिसीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्