तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकाका १० निर्वाचन क्षेत्रमा ४७ दशमलव ४४ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रमा जम्मा ३ लाख ३७ हजार १ सय ९२ अर्थात् ४७ दशमलव ४४ प्रतिशत  मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौँमा जम्मा मतदाताको संख्या ७ लाख १० हजार ७ सय ८ रहेको छ ।

त्यसैगरी भक्तपुरमा दुई निर्वाचन क्षेत्रमा ९१ हजार ९ सय २३ अर्थात् ४४ दशमलव ७५ प्रतिशत मत खसेको छ ।

भक्तपुरमा जम्मा मतदाताको संख्या २ लाख पाँच हजार ४ सय १० रहेको छ ।

त्यसैगरी ललितपुरमा तीनवटा निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ६ सय ११ मत खसेको आयोगले जनाएको छ ।

ललितपुरमा जम्मा मतदाता संख्या दुई लाख ६९ हजार २ सय ५६ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button