तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा साँझ ४ बजेसम्म ५८ दशमलव ७० प्रतिशत मतदान

मुगु । मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। 

आज साँझ ४ बजेसम्म जिल्लाभर कुल २१ हजार १५१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्राप्त विवरणअनुसार हालसम्म महिला ११ हजार १२१ र पुरुष १० हजार ३० जनाले मतदान गरेका छन्। यो कुल मतदाताको ५८दशमलव ७० प्रतिशत हो।

जिल्लामा हालसम्मको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button