तपाईँ सुन्दै हुनुहुन्छः

दाङ खस्यो २ लाख २२ हजार १२ मत

दाङ । दाङ जिल्लामा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत २ लाख २२ हजार १२ मत खसेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उत्साहजनक मतदान भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ गरी जम्मा ७२ हजार ३१० मत खसेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पुरुष ३० हजार ४९३ र महिला ३८ हजार ८४४ गरी कुल ६९ हजार ३३७ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा पुरुष ३५ हजार १४० र महिला ४५ हजार २२५ गरी जम्मा ८० हजार ३६५ मत खसेको छ ।

जिल्लामा ४ लाख ३१ हजार ६ सय ८६ जना  मतदाता रहेका छन् भने हाल कुल मतदाताको संख्या २ लाख २२ हजार १२ मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button