नवलपरासी पश्चिममा ५५ प्रतिशत मत खस्यो, मतदान जारी

नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासी जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। जिल्ला भर रहेका २८७ मतदान केन्द्रमा अहिले सम्म करिब ५५ प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ।
जिल्लामा कुल २ लाख ५४ हजार १५७ मतदाता रहेका छन्। ती सबै मतदाताले आ–आफ्ना मतदान केन्द्रमा पुगेर उत्साहका साथ मतदान गरिरहेका छन्।
जिल्ला सुरक्षा समितिका अनुसार अति संवेदनशील मानिएका १२ स्थानमा समेत शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। ती स्थानमा सुरक्षाकर्मीको विशेष व्यवस्थासहित मतदान प्रक्रिया अगाडि बढाइएको छ।
सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। निर्वाचन आयोगले मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्