तपाईँ सुन्दै हुनुहुन्छः

दिउँसो ३ बजेसम्म सिन्धुपाल्चोकमा ४१ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक ।  आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।

३४० वटा मतदान केन्द्र रहेको  सिन्धुपाल्चोकमा दिउँसो ३ बजेसम्म ४१ प्रतिशत  मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी जानकारी दिएको छ ।  

जिल्लाभर मतदान जारी रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको कार्यालयले जनाएको छ । १,३८,०१३ कूल मतदाता रहेको सिन्धुपाल्चोकमा ५०,९७४ महिला र ६२, ४४१ गरि जम्मा १,१३, ४३५ मत खसिसकेको मुख्य निर्वाचन अधिकृत रिताकुमारी पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button