महोत्तरीमा दिउँसो २ बजेसम्म १ लाख ७४ हजार बढीले गरे मतदान
बर्दिबास। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरीमा दिउँसो २ बजेसम्म १ लाख ७४ हजार ८७२ मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालयकाअनुसार हालसम्म १ लाख ७४ हजार८७२ मतदाताले मतदान गरिसकेका छन् । जिल्लाभर भइरहेको निर्वाचन शान्तिपूर्ण रूपमा जारी रहेको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले दिनु भएको जानकारी अनुसार दिउँसो२ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४०.५४ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।
महोत्तरीमा कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका छन् । मतदानका लागि जिल्लाका विभिन्न स्थानमा २५८ मतदानस्थलमा ५३६ मतदान केन्द्र कायम गरिएको छ भने कारागार कार्यालय, महोत्तरी जलेश्वरमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय परिचालित रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्