तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा  दिउँसो १ बजेसम्म १ लाख ५० हजार ४६१ मत खस्यो

बर्दिबास । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरीमा दिउँसो १ बजेसम्म १ लाख ५० हजार ४६१ मत खसेको छ ।

प्राप्त विवरणअनुसार खसेको मतमध्ये पुरुष ७३ हजार २७७ र महिला ७७ हजार १८६ रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले दिनु भएको जानकारी अनुसार दिउँसो १ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा  १ लाख ५० हजार ४६१ मत खसेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।

महोत्तरीमा कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका छन् । मतदानका लागि जिल्लाका विभिन्न स्थानमा २५८ मतदानस्थलमा ५३६ मतदान केन्द्र कायम गरिएको छ भने कारागार कार्यालय, महोत्तरी जलेश्वरमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय परिचालित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button