तेह्रथुममा २९ प्रतिशत मत खस्यो

तेह्रथुम । तेह्रथुममा अहिले सम्म २९ प्रतिशत मत खसेको छ । दिउँसो १ वजे सम्ममा जिल्लाका सवै मतदान स्थल र केन्द्र बाट महिला १० हजार ९८ र पुरुष १० हजार ८ सय ३० गरी २० हजार ९ सय २८ मतदाताले मतदान गरेको मुख्य निर्वँचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ५६ मतदान स्थल, ९३ मतदान केन्द्र र जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रको रुपमा तोकीएको छ । ७३ हजार १ सय ३७ मतदाता रहेको तेह्रथुमका सबै मतदान स्थल र केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्