तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा ३८ प्रतिशत मतदान

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहटमा ३८ प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म करिब एक लाख ६५ हजार मतदाताले मतदान गरिसकेका छन् । जिल्लाभर भइरहेको निर्वाचन शान्तिपूर्ण रूपमा जारी रहेको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले दिउँसोसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ३८ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।
रौतहटमा कुल चार लाख ३६ हजार ६११ मतदाता रहेका छन् । मतदानका लागि जिल्लाका विभिन्न स्थानमा २७७ मतदानस्थलमा ५४१ मतदान केन्द्र कायम गरिएको छ।
जिल्लाका २७७ मतदानस्थलमध्ये १५२ स्थानलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। ती स्थानमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय परिचालित रहेका छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाभर हालसम्म कुनै अप्रिय घटना नघटी उत्साहका साथ मतदान प्रक्रिया जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button