रौतहटमा शान्तिपूर्ण मतदान जारी

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया रौतहटमा शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
जिल्लामा चार वटा निर्वाचन क्षेत्र कायम रहेकोमा २७७ मतदानस्थल र ५४१ मतदान केन्द्र तोकिएका छन् । सबै मतदान केन्द्रमा मतदाताहरू उत्साहपूर्वक उपस्थित भई मतदान गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा निकायहरू उच्च सतर्कतामा परिचालित रहेकाले कुनै अप्रिय घटना नभएको बताउनुभयो ।
मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना परिचालित छन् । प्रशासनले मतदातालाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्