बाजुरामा शान्तिपूर्ण मतदान, करिब ७ सय मत खस्यो
बाजुरा।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि बाजुराका सबै ७७ मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। जिल्लाभर कडा सुरक्षा व्यवस्थाका बीच मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला ले संवेदनशील र अति संवेदनशील मतदान स्थलमा विशेष सुरक्षा व्यवस्था मिलाइएको र अन्य स्थानमा पनि पर्याप्त सुरक्षाकर्मी परिचालित रहेको जानकारी दिनुभयो।
जिल्ला निर्वाचन अधिकारी भिम बहादुर शाही का अनुसार हालसम्म जिल्लाभर करिब ७ सय मत खसिसकेको छ। मतदाताहरू बिहानैदेखि उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय बाजुराले हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्