कञ्चनपुर निर्वाचनः मतदान केन्द्रमा मोबाइल र निषेधित वस्तु प्रवेश रोक, उल्लङ्घनमा कारबाही
कञ्चनपुर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा मोबाइल फोनसहित विभिन्न निषेधित वस्तु लैजान रोक लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा जारी अत्यन्त जरुरी सूचनामा मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिहरूले सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ, फोटो खिच्ने क्यामेरा, मोबाइल फोन लगायतका निषेधित सामग्री साथमा नलिई आउन आग्रह गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार यदि कसैले उक्त निर्देशन विपरीत मोबाइल फोन वा अन्य निषेधित वस्तु लिएर मतदान केन्द्र वा मतदान कक्षमा प्रवेश गरेमा त्यस्ता सामग्री तत्काल जफत गरिने र प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले स्वच्छ र व्यवस्थित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला तथा मतदातालाई नियमको पालना गर्न अनुरोध गरेको छ








प्रतिक्रिया राख्नुहोस्