तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा निर्वाचनअघि दाङ–१ मा सुरक्षा चेकजाँच तीव्र

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा सुरक्षा कडा गरिएको छ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, अर्जुन खोला गण, सशस्त्र प्रहरी र वडा प्रहरी कार्यालयका सुरक्षाकर्मीले संयुक्त रुपमा सुरक्षा व्यवस्था थप कडा बनाएका छन्।

रोनराज पाण्डेका अनुसार मौन अवधिमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरीहरूले विभिन्न स्थानमा सुरक्षा चेकजाँच र गस्ती सञ्चालन गरेका छन्।

दाङ–१ का मतदाता र उम्मेदवारको सुरक्षालाई ध्यानमा राख्दै निर्वाचनको दोस्रो चरणको सुरक्षा रणनीति अनुसार व्यापक व्यवस्था गरिएको प्रमुख पाण्डेले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button