तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन अवधिका लागि लुम्बिनीका अस्पतालमा ‘-यापिड रेस्पोन्स टिम’ गठन

रुपन्देही । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य निर्देशनालय लुम्बिनीले प्रदेशका सबै प्रादेशिक तथा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ‘¥यापिड रेस्पोन्स टिम’ गठन गरेको छ।

निर्देशनालयका निर्देशक रोशनलाल चौधरीका अनुसार निर्वाचनका बेला हुन सक्ने दुर्घटना, भवितव्य वा अन्य आकस्मिक स्वास्थ्य समस्याको तत्काल सम्बोधनका लागि विशेष तयारी गरिएको हो। निर्वाचन बिदाभर उक्त टोलीलाई उच्च सतर्कतामा राखिने उहाँले जानकारी दिनुभयो।

¥यापिड रेस्पोन्स टिममा विभिन्न विभागका विशेषज्ञ चिकित्सक, एनेस्थेसियोलोजिस्ट, नर्सिङ प्रमुख वा प्रशासक, आकस्मिक कक्ष इन्चार्ज, औषधि व्यवस्थापन प्रमुख तथा प्रयोगशाला र रेडियोलोजी प्रतिनिधि समावेश छन्। निर्वाचन अवधिभर अस्पतालमा आउने आपतकालीन बिरामीको उपचारमा टोलीले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।

अस्पतालहरूले आवश्यक जनशक्तिसँगै अत्यावश्यक औषधि, शल्यचिकित्सा सामग्री, रगत तथा जीवनरक्षक उपकरणको पर्याप्त व्यवस्था मिलाएको निर्देशनालयले जनाएको छ।

प्रदेशभरका अस्पताललाई निर्वाचन अवधिभर आकस्मिक सेवा प्रभावकारी बनाउन निर्देशनसमेत दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button