धादिङका दुवै निर्वाचन क्षेत्रमा तयारी पूरा, मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था
धादिङ I धादिङ जिल्लाको दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भए सँगै मत गणना स्थलको निर्माण सुरा भएको छ ।
निर्वाचन गराउनका लागी दुवै निर्वाचन क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलहरूमा पुगी सकेको जानकारी दिँदै दुवै निर्वाचन क्षेत्रका मतगणना स्थल तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मतगणना स्थलमा अहिलेदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
मत गणना स्थलमा सिसि क्यामेरा लगायत आवश्यक अन्य उपकरणहरू जडान गरी प्रविधि मैत्री बनाइएको छ । दुई लाख ७५ हजार दुई सय ८० मतदाता रहेको धादिङ जिल्लामा एक लाख ३४ हजार दुई सय ५९ जना महिला ,एक लाख ४१ हजार १९ जना पुरुष र दुई जना अन्य मतदाता रहेका छन् ।
जिल्लाभर एक सय १४ मतदान स्थल एक अस्थाई सहित र तिन सय ११ मतदान केन्द्रहरू तोकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्