तपाईँ सुन्दै हुनुहुन्छः

जिम्मेवारपूर्ण पत्रकारितामा सञ्चार सचिवको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिनुभएको छ । 

निर्वाचन आयोगसँगको सहकार्यमा आयोजित पत्रकार महिलाका लागि ‘निर्वाचन समाचार र आचारसंहिताको अभिमुखीकरण’कार्यक्रममा उहाँले व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सञ्चारजगत्को भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै सचिव बस्नेतले प्रेसका माध्यमबाट प्राप्त सूचनाका आधारमा मतदाताले धारणा बनाउने भएकाले वास्तविक समाचार सम्प्रेषणमा जोड दिनुभयो ।

“मतदाता निर्धक्क भएर मतदान केन्द्रमा पुग्ने र सही तरिकाले मतदान गर्न सहयोग पुर्‍याउने हिसाबले समाचार सम्प्रेषण गरौँ ”, सचिव बस्नेतले भन्नुभयो ।

???????? ?????? ? ?????????????????? ?????????? ????????, ?? ?????? ????????? ?????? ????? (????)?????? ???????? ???? ?????????? ????????? ??????? ???????? ??????????? ????????? ?????????? ??????? ??????? ???? ?????? ???????? ?????? ? ?????????????????? ?????????? ?????????? ????????? ? ??????? ??????? ?????÷????

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनलाई सहयोग पुग्नेगरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । प्रभावकारी सन्देश प्रवाहमा उहाँको जोड थियो ।

सन्देश कसका लागि र किन तयार गर्ने भन्नेमा स्पष्ट नहुँदा त्यसको प्रभावकारिता कमजोर हुने उहाँको कथन थियो । 

“हामीमा के सन्देश प्रवाह गर्दैछौँ भन्ने स्पष्टताको अभाव देखिन्छ”, अध्यक्ष झाले भन्नुभयो, “जब सन्देशको उद्देश्य, लक्षित समूह र आधारभूत तथ्य स्पष्ट हुँदैन, त्यहाँ मित्थ्याले स्थान पाउँछ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले  निर्वाचन आचारसंहिता पालना गर्नु हरेक पत्रकारको दायित्व हो भन्नुभयो ।

राससका महाप्रबन्धक सन्दीप राईले निर्वाचनका बेला सूचना र समाचारको चाप बढ्ने भएकाले पत्रकारले गम्भीर भएर निष्पक्ष सामग्री प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

समाचार महाशाखाका उपप्रमुख एकराज पाठकले विश्वमा द्रुत रूपमा विकास भइरहेको सूचना प्रविधिले ल्याएका चुनौतीलाई सामना गर्दै समाचारलाई विश्वसनीय तुल्याउनेतर्फ समाचारदाता चनाखो हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा राससका महिला पत्रकार, नेपाल पत्रकार महासङ्घ, काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका महासङ्घका प्रतिनिधि, प्रेस काउन्सिल,  सञ्चारिका समूह, वर्किङ विमेन जर्नलिष्ट, सार्वजनिक सेवा प्रसारण नेपाल र गोरखापत्र दैनिकका पत्रकार महिला  सहभागी छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button