जङ्गली हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु
झापा । जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी झापा बाह्रदशीकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
हिजो राति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी–१ बोक्राझारी बस्ने ५० वर्षीया लीला राजवंशीको मृत्यु भएको हो ।
यही फागुन ७ गते बिहान ५ः४५ बजे आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जङ्गली हात्ती आई लीलालाई अचानक आक्रमण गरी गम्भीर घाइते बनाएको बनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्