संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा
काठमाडौँ । यहाँको ठमेलस्थित छाया सेन्टरमा चित्रकार संगी श्रेष्ठको ‘अन्तरदृष्टि’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।
गत आइतबारदेखि सुरु भएको सो प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । यहाँ राखिएका चित्र हेरेर दर्शकले आत्मिकता महसुस गर्न सकोस भन्ने उद्देश्य राखिएको चित्रकार श्रेष्ठले बताउनुभयो । “प्रत्येक रङ्गले कुनै न कुनै सन्देश बोकेको हुन्छ”, उहाँले भन्नुभयो, “चम्किला रङ्गले ऊर्जावान् अनुभूति गराउँछ भने रातो र निलो रङ्गले रूपान्तरणको भाव बोध गराउँछ ।”
श्रेष्ठले आमाको निधन पछि एकान्तपनको अनुभूति हुँदा सो चित्रहरू कोर्न थालेको बताउनुभयो । माया र ममताको छहारी खोसिँदा भावुक मनलाई उहाँले क्यानभासमा रंगमार्फत उतार्नुभएको हो । प्रदर्शित चित्रहरूमा वैराग्य भाव मात्रै नभई प्रकृतिसँग जोडिएका उमङ्ग झल्किने पात, फुल, पुतलीहरूसमेत रङ्गका माध्यमबाट सुन्दरसँग संयोजन गर्नुभएको छ । प्रदर्शनीमा ११६ सिर्जना राखिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्