तपाईँ सुन्दै हुनुहुन्छः

फागुन १८ देखि २१ गतेसम्म कञ्चनपुर–भारत सीमा नाका बन्द हुने

कञ्चनपुर। फागुन १८ राति देखि २१ गते राति १२ बजे सम्म   नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्लाका सम्पूर्ण नाकाहरू बन्द हुने भएका छन् ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लाई स्वतन्त्र ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन १८ गते राति १२ बजेबाट नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्लाका सम्पूर्ण नाकाहरू बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै फागुन २१ गते मतदान कार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स ,ट्याङ्कर,दमकल,दूरसञ्चार सेवा ,शव वाहन,अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा ,नम्बर प्लेटमा सिडि उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधन र अनुमति पत्र प्राप्त सवारीसाधन बाहेक अन्य सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको समेत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button