तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करले एक जना ट्राफिक प्रहरीको मृत्यु 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको विश्वकर्मा चोकमा टिपरको ठक्करले एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी, बर्दिबासमा कार्यरत रहेका वर्ष २६ की चन्द्र कला कुमारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर खत्रीले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार रहेका ट्राफिक प्रहरीलाई आज दिउँसो २:३० बजे प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आएको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरीको तत्काल उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्‍याउँदा निजको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले टिपर तथा टिपरका चालक प्रहरीको नियन्त्रणमा रहेको छ । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाइएको भए पनि दैनिक रूपमा टिपरहरू  सञ्चालन भइरहेका छन् । निक्कै ह्यावी हुने भारत बेन्ञ्ज टिपरका चालकले ७ फिट अगाडीसम्मको मान्छे देख्न नसक्ने भएका कारणले दुर्घटना बढी हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button