तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा भ्यान दुर्घटना: ७ जना निर्वाचन प्रहरी घाइते, २ को अवस्था गम्भीर

जुम्ला। जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन्।

बिहीबार जुम्ला बजारदेखि माग्न तर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान तातोपानी गाउँपालिका वडा न-६ धौलापानीमा दुर्घटना हुँदा सवार ७ जना निर्वाचन प्रहरी घाइते भएका हुन् ।

भ्यानमा सवार सातै जना निर्वाचन प्रहरी घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याई एको डिएसपी रविन बाबु रेग्मीले बताउनुभयो। उहाँका अनुसार घाइते ७ जना मध्ये २ जनाको अवस्था गम्भीर छ।घाइतेको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button