तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनसम्बन्धी गतिविधि स्थगित गर्न एन्फालाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोग नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्वाचनसम्बन्धी गतिविधि स्थगित गर्न निर्देशन दिएको छ ।

आयोगले जारी गरेको पत्रमार्फत एन्फाको निर्वाचन प्रक्रिया आचारसंहिता उल्लङ्घन हुनसक्ने देखिएको भन्दै तत्कालका लागि रोक लगाउन आग्रह गरेको हो ।

आयोगका अनुसार एन्फाले आगामी साधारण सभा तथा निर्वाचन कार्यक्रम अघि बढाइरहेको जानकारी प्राप्त भएपछि निर्वाचन आचारसंहिता २०७९ अनुसार प्रक्रिया रोक्न निर्देशन दिइएको हो । आयोगले सम्बन्धित निकाय तथा पदाधिकारीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न समेत सचेत गराएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button