तपाईँ सुन्दै हुनुहुन्छः

महाकुम्भ मिथिला मध्यमा परिक्रमा शुरु 

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेशका सबै भन्दा ठूलो तथा लामो मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । 

मिथिलाको महाकुम्भको रूपमा चिनिएको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा कचुरीस्थित मिथिला विहारीको मठबाट शुरु भएको हो । परिक्रमामा सहभागी भएका तीर्थयात्रीहरूले नेपाल र भारतको  १३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तनसहित तय गर्ने चलन रहेको छ । 

यसै गरि जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोला अर्थात् माता सीता र मिथिला बिहारीबाट भगवान् रामको डोलासँगै परिक्रमाका सहभागीहरूले १५ दिन लगाएर हिँड्ने गर्दछन् । 

परिक्रमाको क्रममा नेपालको ११ धार्मिक ऐतिहासिक ठाउँमा विश्राम गर्दै १०७ किलोमिटर दूरी तय गर्ने चलन छ भने भारतको २६ किलोमिटरका ४ धार्मिक स्थलमा विश्राम गर्दै हिँड्ने गरेका छन् ।  

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने पुग्ने गर्दछन् । 

परिक्रमाको शुरुआत मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गर्नुभएको थियो । मिथिला विहारी नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको शुरुआत गराउनुभएको थियो । यस पटक चुनावका कारणले अपेक्षा अनुसार कम तीर्थयात्रीहरू सहभागी रहनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button