तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा महिला च्याम्पियनसिप : त्रिभुवन आर्मी सेमिफाइनलमा

उदयपुर । एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत सोमबार उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले न्यु रोड टिममाथि ६–१ को फराकिलो जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको १२औँ मिनेटमा जर्सी नम्बर ८ की जेनिफर रानाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन् । दुई मिनेटमै उनले व्यक्तिगत दोस्रो गोल थप्दै टिमको दबाब बढाइन् । पहिलो हाफको इन्जुरी समयमा जर्सी नम्बर १८ की दीपा राईले गोल गर्दै आर्मीलाई ३–० को बलियो स्थितिमा पुर्‍याइन् ।

दोस्रो हाफमा पनि आर्मीको आक्रामक खेल जारी रह्यो। दीपा राईले ७२औँ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरिन् र खेलको उत्कृष्ट खेलाडी घोषित भइन्। त्यसपछि जर्सी नम्बर ७ की सपना लामाले ८१औँ र ९०औँ मिनेटमा दुई गोल थप्दै आर्मीको जितलाई ६–१ मा पुर्‍याइन् ।

न्यु रोड टिमका लागि जर्सी नम्बर १३ की कविता गुरुङले पहिलो हाफको ३४औँ मिनेटमा एकमात्र सान्त्वना गोल गरिन् ।

प्रतियोगिता अन्तर्गत भोलि सङ्कटा फुटबल क्लब र चर्च बोइज युनाइटेडबीच खेल हुने एन्फा महासचिव किरण राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button