तपाईँ सुन्दै हुनुहुन्छः

भारतका नौ प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’

काठमाडौँ । नइ एकेडेमीले नेपाली भाषा साहित्यको पठनपाठन तथा अनुसन्धानका साथै ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका नौ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् ।

प्रा.डा.कविता लामा, प्रा.डा.कृष्णराज घतानी, डा.टेकबहादुर छेत्री, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, डा.राजकुमार क्षेत्री र प्रा.डा.सञ्जय राई तथा डा.अरुणा राई (संयुक्त)लाई ‘नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने भएको छ ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नइ एकेडेमीले २०८२ चैत २७,२८ र २९ (अप्रिल १०,११ र १२) मा सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ प्रज्ञा पुरस्कार समर्पण गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button