तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार तथा गीतकार अशोक दत्त पुरस्कृत

जनकपुरधाम । साहित्यकार तथा गीत–सङ्गीतकार अशोक दत्तलाई मैथिली साहित्यकार सभाले आज सम्मानित गरेको छ । साहित्यकार सभाले वार्षिक रुपमा प्रदान गर्दै आएको “भुवनेश्वरी उदितनारायण मैथिली साहित्यकार पुरस्कार २०८२” साहित्यकार दत्तलाई प्रदान गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर वृषेशचन्द्र लालले प्रदान गर्नुभएको पुरस्कारको राशि ११ हजार नगद, सम्मानपत्र तथा दोसल्ला रहेको सभाका सभापाल एवं साहित्यकार अरविन्द यादवले जानकारी दिनुभयो ।

विगत दुई वर्षदेखि मुखको क्यान्सरबाट पिडित रहनुभएका साहित्यकार तथा गीत एवं सङ्गीतकार अशोक दत्तका धेरै साहित्यिक कृति, लेख रचना तथा मैथिलीका दर्जनौँ हिट गीत छन् । 

मुखका क्यान्सरले पीडित रहनुभएका साहित्यकार दत्तको आर्थिक अवस्था निकै कमजोर छ । उपचारमा आर्थिक अभाव भइरहेको उहाँको परिवारले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button