तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल

गण्डकी। कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन् । तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुुभयो ।

निर्वाचन क्षेत्र अन्तर्गत कास्की क्षेत्र नं १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ वटा मतदानस्थल छन् भने क्षेत्र नं २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदानस्थल छन् ।

त्यस्तै क्षेत्र नं ३ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः क्रमशः ३०, १८ र ११ मतदानस्थल रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुुसार मतदानस्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रूपमा अनुगमन भइरहेको छ । तीनवटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामा कूल मतदाता सङ्ख्या तीन लाख आठ हजार ५७२ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button