तपाईँ सुन्दै हुनुहुन्छः

विपद् कानुनी सचेतना जागरण कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता 

सुर्खेत । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेत र  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशको सहकार्यमा रेडियो कार्यक्रम विपद् कानुनी सचेतना जागरण कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ । 

कर्णाली प्रदेश सरकारले निर्माण गरेका कानुन र विपद् सम्बन्धी जनचेतनामूलक सामग्री प्रसारण गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता भएको हो । 

मन्त्रालयमा आज भएको सम्झौतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका उपसचिव उत्तम गौतम र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख विजय कुमार बर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।  

सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका उपसचिव उत्तम गौतमले यस कार्यक्रमले कर्णाली प्रदेशमा आइपर्ने विपद्बाट हुने धनजनको क्षतिका बारेमा कसरी बच्ने? र उपचारको कानुनी बाटो के कस्तो छ? भन्ने विषयमा कर्णालीवासीले जानकारी पाउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले कर्णाली प्रदेश सरकारले निर्माण गरेका कानुनका बारेमा पनि नागरिकलाई सुसूचित गराउनु अनिवार्य भएकाले पनि कार्यक्रम सम्झौता गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button