तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यक्षतर्फ १ करोड ४९ लाख २ हजार मतपत्र छपाई कार्य सम्पन्न 

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्ष तर्फ हालसम्म १ सय १७  निर्वाचन क्षेत्रका कूल १ करोड ४९ लाख २ हजार मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

५३ जिल्लाको लागि छपाइ सम्पन्न भई प्याकिङ समेत भइसकेको  आयोगका सहायक प्रवक्ता कुल बहादुर जि.सी.ले जानकारी दिनुभयो ।

आज बिहानसम्म नवलपरासी बर्दघाट सुस्ता पूर्व ,पाल्पा ,अर्घाखाँची,रोल्पा ,प्युठान र रुपन्देही गरी ६ जिल्लाको लागि मतपत्र छपाइ सम्पन्न भएको सहायक प्रवक्ता जि.सी.ले जानकारी दिनुभयो ।

यसअघि हिजोसम्म ४७ जिल्लाको लागि मतपत्र छपाई सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button