तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्गीय भट्टराईको निधनबाट आफू दुःखी : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईका पिता समाजसेवी भोजराज भट्टराईको निधनको खबरले आफू दुःखी भएको बताउँदै उहाँ एक असल र सदाचारी समाजसेवी भएको स्मरण गर्नुभएको छ । 

“श्री विन्ध्यवासिनी निमावि खोप्लाङका संस्थापक भोजराज गाउँघरका दीन दुःखीहरूलाई सहयोग गर्दै उनीहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्ने एक असल र सदाचारी समाजसेवी हुनुहुन्थ्यो”, राष्ट्रपति पौडेलले आज परिवारजनलाई पठाउनुभएको समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले स्वर्गीय भोजराजको आत्माको चिर शान्तिको कामनासहित उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

सो समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पूर्व प्रधानमन्त्री डा भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो । 

सो अवसरमा प्रथम महिला सबिता पौडेल पनि समुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button