तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाको शैल्यशिखरमा ७१ वर्षीया वृद्धा मृत फेला

 दार्चुला। दार्चुलाको शैल्यशिखरमा एक  वृद्धा मृत फेला परेकी छिन् । 

शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आज बिहान आफ्नै घरआँगनमा मृत फेला परेकी हुन् । घरमा एक्लै बस्दै आएकी उनको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको मृतकका नातेदार माधव जोशीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button