प्रशन्न दाहाल न्युजिन नेपाल–अष्ट्रेलियाको आधिकारिक एम्बासडर
सिड्नी। फिटनेस र युवा विकासमा सक्रिय न्युजिन नेपाल तथा न्युजिन अष्ट्रेलियाले एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीका बिजनेस डेभलपमेन्ट म्यानेजर प्रशन्न दाहाललाई आधिकारिक एम्बासडर नियुक्त गरेको छ।
संस्थाले युवा सशक्तीकरण, सामुदायिक गतिविधि र सामाजिक सेवामा दाहालको भूमिकालाई ध्यानमा राख्दै उक्त जिम्मेवारी प्रदान गरिएको जनाएको छ। एम्बासडरका रूपमा दाहालले नेपाल र अष्ट्रेलियास्थित न्युजिनबीच सहकार्य विस्तार गर्ने, समुदायबीच सम्पर्क सुदृढ बनाउने र युवामुखी कार्यक्रम प्रवर्द्धन गर्नेछन्।
न्युजिनका अनुसार दाहालको अनुभव र प्रतिबद्धताले संस्थागत गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
न्युजिन एकेडेमीले तेक्वान्दो, मार्सल आर्टस्, कराँते तथा नृत्यलगायत गतिविधिमार्फत युवाको शारीरिक र मानसिक विकासमा काम गर्दै आएको छ।








प्रतिक्रिया राख्नुहोस्