तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक–२०८१ फिर्ता

पर्यटन विधेयक, २०८१ पारित

काठमाडौँ। राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक–२०८१ फिर्ता भएको छ  । 

सरकारले सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक फिर्ता गरियोस् भनी गरेको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । 

सभाको आजको बैठकमा प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिकुमार सिन्हाले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नुभएको थियो । 

यसैगरी, राष्ट्रियसभाको आजको बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । 

सभाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरी विधेयक सर्वसम्मतिले पारित गरेको हो । 

सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

राष्ट्रिय सभाको अर्को बैठक माघ २८ गते बुधवार १ बजेर १५ मिनेटमा बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button