तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा आयोजित ३ दिने मधेस साहित्य महोत्सव सम्पन्न

वीरगञ्ज । मधेसको भाषा, साहित्य कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगन्जमा माघ १५ गते देखि शुरु भएको दोस्रो मधेस साहित्य महोत्सव सम्पन्न भएको छ । 

उत्कर्ष नेपालको आयोजना तथा वीरगन्ज महानगरपालिका मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, र मधेस विश्वविद्यालयको सहयोगमा माघ १५ गतेदेखि शुरु भएको महोत्सवमा मधेसका भाषा साहित्य र संस्कृतिको प्रदर्शनीका साथै संरक्षणमा युवाहरूलाई संलग्न गराउन विभिन्न अन्तरक्रिया र संवाद गरिएका थिए । 

महोत्सवको पहिलो संस्करणमा वीरगन्जमा देखिएको उल्लेखनीय सहभागिता, सकारात्मक ऊर्जा र सार्वजनिक स्वामित्वले यसलाई अझ विस्तार गर्ने प्रेरणा दिएको बताए । यसपटक साहित्यिक संवादसँगै विभिन्न समुदायका भाषा, संस्कृति, भेषभूषा र कलालाई समेत समेटेर विभिन्न कार्यक्रम प्रस्तुत गरिएको मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यले बताउनुभयो । 

महोत्सव अन्तर्गत पहिलो दिन विभिन्न सत्रहरूमा गाउँका युवा पलायन र विकल्प, गाउँ, लोकतन्त्र र सत्ता तथा गाउँ स्मृति र इतिहास जस्ता विषयमा विज्ञ वक्ताहरूले आआफ्नो धारणा राख्नुभएको थियो भने दोस्रो दिन शिक्षा, स्वास्थ्य र समानता, गाउँ सङ्घर्ष र संरचना, गाउँ विकास र विनाश तथा गाउँका खबर विषयमा छलफल हुने र तेस्रो दिन गाउँ बन्दै शहर र शहर बन्दै गाउँ तथा भोजपुरी साहित्यमा गाउँसम्बन्धी विषयमा सत्रहरू आयोजना गरिएको थियो । 

मधेश विश्वविद्यालय परिसरमा आयोजित महोत्सवको उद्घाटन मधेस प्रदेश सरकारका वनमन्त्री शङ्कर चौधरीले गर्नुभएको थियो । 

महोत्सवका संरक्षक वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मधेसको लोक बाजा सहनाई, सिंगा र खुर्दुक बाजा बजाएर लोक वाद्य वादकहरूको समूहको विशेष प्रस्तुती रहेको थियो । 

महोत्सवमा मधेसका साथै देशभरका साहित्यकार, लेखक, कवि र चिन्तकको सहभागिता रहेको थियो । महोत्सव स्थलमा मधेसको रीतिथिति, परम्परा, संस्कृति झल्किने झाँकी तथा मधेसका लोकनृत्य, थारु झम्टा नाच पनि प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button