धनकुटाको त्रिशूलेमा बस दुर्घटना: ६ जना घाइते
धनकुटा। कोशी लोकमार्ग स्थित धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१, को सिमाना पर्ने त्रिशूलेमा दुर्घटना यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको यात्रु अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।
घाइते हुनेहरूमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२, बस्ने ५३ बार्षिय रेवान्त कुमार कामी, सोहि स्थानका २३ बर्षिय रबिन लिम्बु, २२ बर्षिय राज लिम्बु, धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ बर्षिय मुना रुचाल, सोहि ठाउँ बस्ने ५ बर्षिय बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने ४७ बर्षिया चन्द्रकला लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ज्ञान कुमार महतोले जानकारी दिनुभयो ।
प्रहरी चौकि हिलेबाट खटिएको प्रहरी नायव निरीक्षक चिरन्जिीबि खड्काको कमाण्डमा प्रहरी टोली खटिई घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य क्लिनिकमा पठाइएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूको अवस्था सामान्य रहेको उनीहरूको धनकुटा–१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका–७, बस्ने ४५ बार्षिय विष्णु थापा प्रहरी चौकि हिलेको नियन्त्रण रहेको प्रहरीको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्