तपाईँ सुन्दै हुनुहुन्छः

‘नालापानी युद्धका वीर सपूतलाई राष्ट्रिय पहिचान दिन जोड’

काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले वीर योद्धा कम्पनी कमान्डर सुवेदार दयाराम खड्का लगायत नालापानी युद्धका सबै वीर सपूतहरूलाई राज्यको आधिकारिक पहिचान दिनुपर्नेमा जोड दिनुभएको छ ।

सिंहदरबारमा समितिको आज बसेको बैठकमा सांसदहरूले नालापानी युद्धमा राष्ट्रिय स्वतन्त्रताका लागि लड्ने सम्पूर्ण वीर महिला तथा बालबालिकाहरूले समेत राष्ट्रव्यापी रूपमा आधिकारिक पहिचान पाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा इतिहासविद् डा. रामप्रसाद उपाध्याय र सरोकारवालाहरूले सुवेदार दयाराम खड्काको राष्ट्रिय योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने र सम्बन्धित ऐतिहासिक हतियार संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले नालापानी युद्धको पत्रहरूमा थप अध्ययन, अनुसन्धान र विज्ञहरूको सुझावपछि मापदण्ड अनुसार सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्न प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button