तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

४ जलविद्युत आयोजनालाई बन प्रयोग स्वीकृति

काठमाडौँ । सरकारले नेपाल विमा प्राधिकरणको कार्यकारी अध्यक्ष पदमा कामकाज गर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल विमा प्राधिकरणको कार्यकारी अध्यक्ष पदमा कामकाज गर्ने गरी मन्त्रालयका सचिव पौडेललाई तोक्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले चार वटा जलविद्युत आयोजनालाई बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

प्रवक्ता अर्यालले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाँचौँ जलविद्युत आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत आयोजना र सेतीखोला जलविद्युत आयोजनालार्इँ राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button