झापामा करिब ३ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
झापा । झापामा १४ औँ चरणको हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु भएको छ । जिल्लाका १५ पालिकामध्ये ६ पालिका (कनकाई, अर्जुनधारा, झापा, बाह्रदशी, हल्दिबारी र कचनकवल)–मा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु भएको हो । १३ औँ चरणको औषधि सेवनपश्चात् जिल्लामा हात्तीपाइले रोगविरुद्धको सर्वेक्षण गरिएको थियो ।

कचनकवल गाउँपालिकामा ३०२ र झापा गाउँपालिकामा ३०८ जनामा गरिएको एफटिएस परीक्षण नतिजाअनुसार कचनकवलमा ४४ र झापामा २० मा आरटीडी पोजेटिभ देखिएको यस वर्ष पनि अभियानलाई निरन्तरता दिनुपरेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यसपटक ६ पालिकाका २ लाख ८२ हजारलाई औषधि सेवन गराउने अभियानको शुभारम्भ भइसकेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीपाइले नामको परजीवीहरूको सङ्क्रमणबाट लाग्ने रोग हो ।
नेपालको लागि क्युलेक्स नामको लामखुट्टे (बाहक)को कारण यो रोगको परजीवी सार्दछ । यो रोगमा धेरे संक्रमण लक्षण बिनाको हुन्छ। पछि गएर अङ्ग सुन्निने गर्छ । केहीमा अण्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र केहीमा अन्य अङ्गहरू सुन्निने गर्छ ।








प्रतिक्रिया राख्नुहोस्