प्रतिनिधिसभा निर्वाचन: बाजुरामा स्वतन्त्र सहित ८ जनाको मनोनयन दर्ता
बाजुरा। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ।

मङ्गलवार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक जना स्वतन्त्र उम्मेदवार र सात वटा राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुभएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार तोकिएको समयभित्र मनोनयन दर्ता गराउने उम्मेदवारहरूमा स्वतन्त्रबाट उपेन्द्र शाही ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा एमाले बाट लाल बहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक कुमार डि।सी।, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर शाह, नेपाली काँग्रेसबाट जनक गिरी तथा नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बाट भुपेन्द्र ल्वारले उम्मेदवारी दर्ता गराउनुभएको छ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बाजुरामा मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र बाँकी निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष र स्वच्छ ढङ्गले सम्पन्न गर्न सम्पूर्ण उम्मेदवार तथा राजनीतिक दलहरूलाई सहयोगका लागि आग्रह गर्नुभएको छ।
मनोनयन दर्ता सकिए सँगै आगामी निर्वाचनलाई लिएर बाजुरामा राजनीतिक सरगर्मी बढ्दै गएको छ भने उम्मेदवारहरू आ–आफ्नो चुनावी तयारीमा जुट्न थालेका छन्।








प्रतिक्रिया राख्नुहोस्