मुख्य पाँच दलद्वारा कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता
सुर्खेत । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दर्ता गराएका छन् ।

१० जिल्ला रहेको कर्णालीमा १२ वटै निर्वाचन क्षेत्रमा मुख्य पाँच दलले आफ्ना उम्मेदवारको टुङ्गो लगाउँदै उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसले सुर्खेत क्षेत्र नम्बर–१, बाट विष्णुबहादुर खड्का र सुर्खेत–२, बाट नारायण कोइरालालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै हुम्लामा जयपति रोकाया, मुगुमा खड्गबहादुर शाही, जुम्लामा दीपबहादुर शाही, कालिकोटमा हर्षबहादुर बमले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै, डोल्पाबाट कर्णबहादुर बुढा, सल्यानबाट केसबहादुर विष्ट, दैलेख–१ बाट वासना थापा र दैलेख–२ बाट दिक्पाल शाही, जाजरकोटबाट खड्कबहादुर बुढा एवं रुकुम पश्चिमबाट राजु केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी नेकपा एमालेले दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट ध्रुवकुमार शाही र सुर्खेत–२, बाट कुलमणि देवकोटालाई उम्मेदवार बनाएको छ । त्यस्तै, सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटालाई उम्मेदवार बनाएको हो । कालिकोटबाट नगेन्द्र शाही, जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया, हुम्लाबाट दल फडेरा र डोल्पाबाट लंक रोकायाले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट रवीन्द्रराज शर्मा र दैलेख–२ बाट लक्ष्मी पोखरेल तथा जाजरकोटबाट डम्बरबहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुर्खेत–१ बाट जीतबहादुर राना र सुर्खेत–२ बाट झक्कबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । यस्तै, जुम्लाबाट नरेश भण्डारी उम्मेदवार बन्दा दैलेख–१ बाट अम्बरबहादुर थापा र दैलेख–२, बाट योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको हो । डोल्पाबाट धनबहादुर बुढा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, सल्यानबाट रमेश मल्ल, हुम्लाबाट दिपेन्द्र रोकाया, कालिकोटबाट महेन्द्रबहादुर शाही, मुगुबाट चन्द्रबहादुर शाही र रुकुम पश्चिमबाट गोपाल शर्माले नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि कर्णालीका सबै जिल्लाबाट उम्मेदवारी दर्ता गराएको छ । रास्वपाले सुर्खेत–१ बाट टेकबहादुर सिंह, सुर्खेत–२ बाट रमेशकुमार सापकोटालाई टिकट दिएको छ । यस्तै, दैलेख–१ बाट नन्दकिशोर बस्नेत, दैलेख–२ बाट बखतबहादुर शाही, सल्यानबाट ललित चन्द, डोल्पाबाट देवसिंह एडी, हुम्लाबाट टासी ल्हाजोम लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुगुबाट भुवन टमटा, जाजरकोटबाट रागब कार्की, रुकुम पश्चिमबाट मानबहादुर शाही र जुम्लाबाट समानुपातिक पूर्वसांसद विनीता कठायतले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सल्यानबाट अनिशा नेपाली, डोल्पाबाट हरिप्रसाद डाँगी, मुगुबाट बलबहादुर मल्ल र जुम्लाबाट ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्