उदयपुरका दुई निर्वाचन क्षेत्रमा ३१ जनाको उम्मेदवारी
उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गरी ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालय, गाईघाटका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १८ जना र क्षेत्र नं. २ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं. १ मा उम्मेदवारी दिनेहरूमा नेपाल मजदुर किसान पार्टीबाट खड्गबहादुर खत्री, स्वतन्त्रबाट डा. देवराज रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीबाट गोकर्ण राई र आम जनता पार्टीबाट मनोजकुमार पौडेल रहनुभएको छ ।
यसैगरी नेकपा एमालेबाट दुर्गाकुमार थापा ‘स्वतिक’, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, नागरिक सर्वोच्च पार्टीबाट प्रशान्तकुमार राई, नेपाली जनता दलबाट कुशोर चौधरी, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी र नेपाली काँग्रेसबाट विदुर बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अन्य उम्मेदवारहरूमा मङ्गोल अर्गनाइजेशन पार्टीबाट बद्रीविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणि गेलाल, नेकपा (माओवादी) बाट अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, राष्ट्रिय जनमोर्चाबाट तिलक राई तथा उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङ रहनुभएको छ ।
क्षेत्र नं. २ को निर्वाचन कार्यालयका सूचना अधिकारी नारायण थापाका अनुसार यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भास्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई र आम जनता पार्टीबाट बमबहादुर मगरले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई, श्रम संस्कृति पार्टीबाट बलराज राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट दुर्गाबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, नेपाली काँग्रेसबाट रामकुमार राई, नेकपा एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ तथा स्वतन्त्र उम्मेदवारका रूपमा मेजरकुमार राई चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्