कैलालीमा ६४ जनाको उम्मेदवारी दर्ता
धनगढी । कैलालीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६४ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा गरि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसरी उम्मेदवारी दर्ता गराउनेहरूमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति लगायत दलबाट ५५ जना र ९ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
कैलालीका ४ बाट पूर्व मन्त्री एवं एमाले उपमहासचिव भट्ट र ५ बाट काँग्रेस महामन्त्रीको उम्मेदवारी दर्ता कैलालीको निर्वाचन क्षेत्र न.४ बाट नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी कैलाली निर्वाचन क्षेत्र न.५ बाट नेपाली काँग्रेसका प्रदेश महामन्त्री नरनारायण शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरि पूर्वमन्त्री एवं नेकपाका नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नं.५, पूर्व मन्त्री गौरीशङ्कर चौधरीले निर्वाचन क्षेत्र न.३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्