काँग्रेसबाट इलाम–२ मा आचार्यको उम्मेदवारी
इलाम । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट भेषराज आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी, जनमुक्ति पार्टीका याम योङहाङ लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेशनका श्याम लिम्बु, श्रम संस्कृति पार्टीका सुदीप राई तथा राष्ट्रिय परिवर्तन पार्टीका दिवस राईले मनोनयन दर्ता गराउनुभएको छ ।
इलाम निर्वाचन क्षेत्र नम्बर–१ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाम सदरमुकाममा रहेको छ भने इलाम निर्वाचन क्षेत्र नम्बर–२ का लागि निर्वाचन अधिकृतको कार्यालय सूर्योदय नगरपालिका–फिक्कलमा स्थापना गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्