राप्रपा र एमालेद्वारा उदयपुरमा उम्मेदवारी मनोनयन दर्ता
उदयपुर। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी आज जारी रहेको उम्मेदवारी मनोनयन दर्ता अन्तर्गत उदयपुरमा राप्रपा र एमालेले उम्मेदवार मनोनयन सम्पन्न गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गाइघाटले दिएको जानकारी अनुसार अहिले सम्म राप्रपा, एमाले सँगै नेमकिपा, श्रम संस्कृति केही दलले आफ्ना उम्मेदवारको मनोनयन दर्ता सम्पन्न गरेका छन्।
राप्रपाबाट सुवास चन्द्र खडका, एमालेबाट दुर्गाकुमार थापा, नेमकिपाबाट बिष्णुबहदुर खड्का, श्रम संस्कृति पार्टीबाट राजेश राईले मनोनयन दर्ता गराउनु भएको छ।
उदयपुर सङ्घीय निर्वाचन क्षेत्र न-२ अन्तर्गत कटारी स्थित निर्वाचन अधिकृतको कार्यालय कटारी मार्फत अहिलेसम्म नेमकिपाका पूर्ण बहादुर बुढाथोकी, मङ्गोल नेशनल अर्गनाइजेसनका भाष्कर राई, राप्रपाका बिष्णु बहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टिकाअरूण राई, आम जनता पार्टीका बम बहादुर मगर र नेकपा एमाले पार्टीका अम्बर बहादुर रायमाझीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत लोकबहादुर कटवालले जानकारी दिनु भयो।








प्रतिक्रिया राख्नुहोस्